लुम्बिनी प्रदेशमा मलखादको पर्याप्त व्यवस्था हुन सकेको छैन : कांग्रेस सांसद खाँ
मसुरिया । लुम्बिनी प्रदेश सभाका सांसद बशिउद्धिन खाँले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू रहेको बताएका छन् ।
शुक्रबार मसुरियास्थित लुम्बिनी प्रदेश सभाको बैठकमा छलफलमा भाग लिँदै सांसद खाँले भने, ‘कृषिमा मलखादको कुरा गरिएको छ । सिँचाइको कुरा छ । मलखाद र सिँचाइको उचित व्यवस्थापन भयो भने उपत्पादन बढ्छ ।’
उनले भने, ‘आजसम्म पनि हाम्रो लुम्बिनी प्रदेशमा मलखादको पर्याप्त व्यवस्था हुन सकेन । प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर यसलाई अझै व्यवस्थित गर्नुपर्ने आवश्यक्ता मैले देख्दछु ।’
‘सिँचाइको धेरै फाँटहरू यस्तो छन्, कृषिको वृद्धि गर्नलाई गर्नुपर्ने धेरै ठाउँहरू छन् । कुनै प्वाइन्ट तोकिएको छैन ।’
‘हुलाकी राजमार्गअन्तर्गत भैँसीपालनको कार्यक्रम ल्याइएको छ लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु । मलको प्रयोग गरेर कृषिलाई अगाडि बढाउने कुरा भएको छ । रासायनिक मलको कुरा गरेका छौँ । यो विरोधाभाष छ,’ उनले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया