देउडा गीतमा लक्ष्मी र प्रतापको स्वर
काठमाडौं । गायिका लक्ष्मी आचार्यले नयाँ गीत ‘नौली हदेली’ ल्याएकी छिन् ।
उनको गीत देउडा फ्युजनमा रहेको छ । यसअघि आचार्यले ल्याएको देउडा फ्युजन गीत ‘भन साली’ दर्शकले रुचाएका थिए ।
यसको अलवा गायिका आचार्यले ल्याएको ‘ओ मेरी भाउजु’, ‘लाई हेल कालो टीको’, ‘जोई प्यारी जारीकी’, ‘रतन चढी इजु’ लगायत गीत पनि सुपरहिट भएको थिए ।
टिपिकल गीतबाट राष्ट्रिय परिचय समेत बन्न गाह्रो भएको समयमा अन्तर्राष्ट्रिय चर्चाका लागि आफूले देउडा फ्युजनमा बनाएको गायिका आचार्यले बताएकी छिन् ।
गायिका आचार्य विगत १४ वर्षदेखि गायनमा सक्रिय छिन् । उनले ‘नौली हदेली’ गीत नेपाल आइडलबाट चिनिएका गायक प्रदाप दाससँगको सहकार्यमा गाएकी हुन् । गायक प्रताप दासको देउडा गीत यो नै पहिलो हो ।
‘नौली हदेली’ गीतमा माया प्रेममा रहेका साली भिनाजुको कथा समेटिएको छ । विवाह गर्छु भनेर बचन दिएर अर्काेसँग सम्बन्ध बनाउने भिनाजुलाई केही वर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाजुले दिने जवाफ गीतमा छ ।
गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो । एरेन्ज देवेश राईले गरेका छन् । गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।
गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट ल्याएकी हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया