कांग्रेस महमन्त्री थापाद्वारा मानहानी मुद्दामा सर्वोच्चमा जवाफ पेस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सर्वोच्च अदालतमा मानहानी मुद्दामा जवाफ पेश गरेका छन् ।
बुधबार थापाले आफ्नो कानून व्यवसायीमार्फत सर्वोच्च अदालतमा जवाफ पेस गरेका हुन् । उनले सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्न नहुने जनाएका छन् ।
थापाले ५२ जना पदाधिकारीको नियुक्ति सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
‘सार्वजनिक हितको पक्षमा रहेको सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नुहुँदैन,’ थापाले भनेका छन् ।
उनले आफूले दिएको अभिव्यक्ति पनि न्यायालयमाथि प्रहार गर्ने उद्देश्यबाट नआएको र आफू जहिले पनि स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताएका छन् ।
थापाले भने, ‘न्यायालयमाथि प्रहार गर्ने उद्देश्य होइन । मेरो आदर्श र विचार तथा जीवनभर जुन मूल्य र मान्यताको लागि संघर्ष गर्दै आएको छु । त्यसबाट कदापि अदालतको अवहेलना गर्ने होइन न्यायपालिकालाई जनताको हकको मूल संरक्षक र अभिभावक हो भन्ने धारणाप्रति सदा सर्वदा दृढ छु ’
महामन्त्री थापाले विचारहरूको मन्थनबाट नै नागरिकको संशय र आशंकाको निराकरण गरी स्वतन्त्र न्यायपालिकाको गरिमा अझ बढाउन मद्दत गर्ने जवाफ दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया