प्रधान सेनापति सिग्देलद्वारा निरीक्षण भ्रमण
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले बाहिनी, वारफेयर शिक्षालय लगायतको निरीक्षण भ्रमण गरेका छन् ।
प्रधान सेनापति सिग्देलले जेठ ५ र ६ गते सिराहास्थित श्री नं.२७ बाहिनी अड्डा, बारास्थित श्री नं. २८ बाहिनी अड्डा तथा श्री शान्ति कार्य लजिष्टिक शाखा र अमलेखगन्जस्थित श्री प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण भ्रमण गरेको जंगी अड्डा भद्रकालीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
निरीक्षण भ्रमणको क्रममा सिग्देलले बाहिनीहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुका साथै शिक्षालय तथा शान्ति कार्य लजिष्टिक शाखाको विविध पक्षहरूबारे जानकारी लिनु भई सकलदर्जालाई सम्बोधन गरेका थिए ।
भ्रमणको दौरान प्रधान सेनापतिले धनुषाको भिमानस्थित एकीकृत फायरिङ्ग अभ्यास इलाकामा सञ्चालन भएको एकीकृत फायरिङ्ग अभ्यासको समेत अवलोकन गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया