कांग्रेस प्रवक्ता डा.महतद्वारा गोरखनाथ र गोरखकाली मन्दिरको दर्शन
गोरखा । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शन गरेका छन् ।
मंगलबार बिहान गोरखामा डा.महतले गोरखनाथ र गोरखकाली मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गरेका हुन् । पार्टीको कार्यक्रम, नेता, कार्यकर्ताहरूसँगको भेटका लागि डा.महत गोरखामा छन् ।
प्रवक्ता डा.महतसँगै नेपाली कांग्रेस बागलुङका सभापति एवम् गण्डकी प्रदेश सभाका सांसद जीतबहादुर शेरचन, गोरखा कांग्रेसका नेता एवम् वडाध्यक्ष शरण श्रेष्ठ लगायतका नेता, कार्यकर्ताहरूले पनि दर्शन र पूजाअर्चना गरेका छन् ।
काँस्की जिल्लामा पार्टीको कार्यक्रममा भाग लिएर प्रवक्ता डा.महत सोमबार साँझ गोरखा आइपुगेका हुन् ।



Published : Tuesday, 2025 May 20, 12:00 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया