२४ वर्षीय बस्नेतको साथबाट न्यूरोडमा २० लाख बरामद
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले २० लाख रुपियाँभन्दा बढी बराबरको हुण्डीको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
आइतबार काठमाडौंको न्यूरोडस्थित जुद्धशालिकबाट २४ वर्षीय सञ्जय बस्नेतलाई २० लाख २९ हजार ६ सय २० रुपियाँसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । बस्नेत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ४ घर भइ हाल काठमाडौंको पेप्सीकोला बस्दै आएका छन् ।
बस्नेतको साथबाट प्रहरीले आईफोन र हस्ताक्षर गरेका तथा खाली विभिन्न बैंकका चेक थान ३० पनि बरामद गरेको छ ।
Published : Sunday, 2025 May 18, 8:32 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया