थुनामा रहेका सहकारी ठगका अभियुक्त रविको निवेदन हेर्न नमिल्ने
काठमाडौं । सर्वोच्च अदालतमा पहिलाकै न्यायाधीशको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन इजलासमा परेपछि हेर्न नमिल्ने भएको छ ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन आइतबार पनि न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा परेपछि हेर्न नमिल्ने भएको हो । लामिछानेको निवेदन न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ नभएको हो ।
यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी परेपछि हेर्न नमिल्ने भनेर सुनुवाइ भएको थिएन ।
निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको पाँचौँ पटक भएको छ । हरि फुयालले पनि लामिछानेको निवेदनमा सुनुवाइ गरेनन् ।
वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन् ।
लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ । उनीहरू दुवै जना रुपन्देही कारागारमा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया