हेटौँडाबाट चोरी भएका ट्रकहरू खैरहनीमा फेला
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीका दुई वटा ट्रकहरू फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइ दिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १२ बस्ने वर्ष ४१ का ईश्वर बलामीले संचालन गर्दै आएको ना ३ ख ७३२० नम्बरको ट्रक वैशाख ३० गते चोरी भएको थियो । ट्रकलाई हेटौँडाको नवलपुरस्थित ग्यारेजमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो ।
त्यसैगरी, हेटौँडा उपमहानगरपालिका वडा नं. ३ बस्ने वर्ष ४६ का हरिबहादुर डङ्गोलले संचालन गर्दै आएको मे १ ख १४५७ नम्बरको ट्रकलाई पनि जेठ १ गते आफ्नै घर अगाडिबाट चोरी भएको थियो ।
खोजतलास गर्ने क्रममा चोरी भएका दुबै ट्रक चितवनको खैरहानी नगरपालिका वडा नं. ९ स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डको किनारमा फेला पारिएको थियो ।
ट्रकहरूलाई जेट ३ गते सम्बन्धित व्यक्तिहरूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
ट्रक चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको ममकवानपुर प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया