तरुण दल लम्जुङको जिल्ला अधिवशेन शनिबार, बस्नेत र गुरुङले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत र नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लम्जुङमा जान लागेका छन् ।
शनिबार नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन बस्नेत र गुरुङ लम्जुङ जान लागेका हुन् । नेपाल तरुण दल लम्जुङको जिल्ला अधिवेशन शनिबार हुन लागेको छ ।
कार्यक्रममा भाग लिन कांग्रेस केन्द्रीय सदस्य बस्नेत र तरुण दलका अध्यक्ष गुरुङ शुक्रबार लम्जुङतर्फ प्रस्थान गरिसकेका छन् ।
८९५ जना पूर्णकालीन सदस्य र ३५४ जना जिल्ला अधिवेशन प्रतिनिधि रहेको लमजुङ जिल्लाको पाँचौँ अधिवेशन ७७ जिल्ला मध्येकै पहिलो हो ।
नेपाल तरुण दल लमजुङको पाचौं जिल्ला अधिवेशन बेशिसहरमा रहेको प्रगतिटोल समाज भवनमा हुनेछ ।
संघीय संरचना अन्तर्गत विधान संशोधन गरि पार्टीबाट स्वीकृत गराएर पूर्णकालीन फाराममार्फत तरुण दल पाँचौँ महाधिवेशन उन्मुख भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया