नेपाल एयरलाईन्सको बहुमत सेयर निजी क्षेत्रलाई दिनुपर्छ : कांग्रेस सांसद डा.महत
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल एयरलाईन्सको बहुमत सेयर निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डा.महतले भने, ‘नेपाल एयरलाइन्सलाई बहुमत सेयर निजी क्षेत्रमा दिनै पर्छ । यही संरचनाले जहाज किन्ने यो त्यो गर्नुभयो भने यो काहिँ पनि पुग्दैन ।’
उनले भने, ‘पर्यटन भित्र्याउनको लागि नेपाल एयरलाईन्सलाई भाइब्रेन्ट बनाउन जरुरी छ । इन्टरनेश्नल रुट जति पनि छ, हामीले प्राप्त गरेका छौँ त्यसको प्रयोग गर्न जरुरी छ ।’
‘त्यसलाई प्रयोग गर्नको लागि सरकारी कन्ट्रोलले हुँदैन । सरकारी कन्ट्रोलबाट मुक्त हुन जरुरी छ’, डा.महतले भने, ‘बहुमत सेयर यहि वर्ष अध्ययन गरेर निजी क्षेत्रलाई दिन जरुरी छ ।’
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया