भारतबाट किनेर ल्याएको शैक्षिक प्रमाणपत्रका कारण भ्रष्टाचारको मुद्दा दर्ता
काठमाडौं । चितवनको खैरहनी माध्यमिक विद्यालयका एकजना शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा मावि द्वितीय तहमा कार्यरत शिक्षक गोपालप्रसाद शर्माविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शर्माको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको भनिएको प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली देखिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पाइएकाले उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरिएको आयोगले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया