रामपुर प्रहरीद्वारा कालिका माविका विद्यार्थीसँग सामुदायिक कार्यक्रमको आयोजना
रामपुर । इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले कालिका माध्यमिक विद्यालयका विद्यार्थीसँग समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार रामपुर नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयको सभाहलमा प्रधानाध्यापक मनिराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थी गरी १०० जनाको उपस्थिति रहेको थियो ।
इलाका प्रहरी कार्यालय रामपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ट्राफिक सचेतना, बालविवाह रोकथाम, आत्म हत्या न्यूनीकरण, लागुऔषध, साईबर अपराध तथा बालयौन दुरुपयोग रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको प्रेस नोटमा उल्लेख छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया