दुई लाखको प्रलोभनमा दीपाकुमारी पोखरेल पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३३ वर्षीया दीपाकुमारी पोख्रेललाई पक्राउ गरेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी पोख्रेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपियाँ लिएकी थिइन् ।
पोखरेल लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी थिइन् । पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको छ ।
पोखरेललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
Published : Monday, 2025 May 12, 5:00 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया