आर्थिक लाभका क्रियाकलाप र प्रहरी आचरण विपरीतका गतिविधिमा संलग्न नहुनु : डीआईजी चतुर्बेदी
जलेश्वर । मधेश प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्बेदीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको निरीक्षण गरेका छन् ।
चतुर्बेदीले उक्त कार्यालयको भवन, सम्पूर्ण शाखाहरू, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै मातहतका इञ्चार्ज तथा लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई देश तथा नागरिकलाई शिरमा राखेर असल आचरण देखाउन निर्देशन दिएका छन् ।
उनले आपसी सद्भाव तथा सामूहिक भावनाका साथ उच्च व्यावसायिक निष्ठापुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न, संगठनले निर्दिष्ट गरेको मिडिया नीति बिपरित सामाजिक सञ्जालको दुरूपयोग नगर्न भनेका छन् ।
गैह्र व्यवसायिक आर्थिक लाभका क्रियाकलापहरू र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन डीआईजी चतुर्बेदीले सचेत गराएका छन् ।
चर्तुबेदीले बल प्रयोग गर्दा मानवअधिकारको उच्च सम्मान र संरक्षण गर्दै व्यवसायिक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न र आफूलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न, आफ्ना व्यक्तिगत तथा व्यावसायिक समस्या तथा गुनासाहरू सिलसिलेवार रुपमा प्रतिवेदन गर्न निर्देशन दिएका छन् ।
प्रहरी कर्मचारीहरूका पिरमर्का र गुनासोहरू संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप सम्बोधन गरिने निर्देशन समेत उनले दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया