रुपैडिहामा गोरखाका पन्त बसभित्र मृत फेला
नेपालगञ्ज । भारतबाट नेपाल फर्किएका गोरखा निवासी ४६ वर्षीय चेतबहादुर पन्त बसभित्र मृत भेटिएका छन् ।
भारतको रुपैडिहामा पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताएका छन् ।
बिहारबाट रुपैडिहाका लागि हिँड्नुभएको पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ ।
डीएसपी पातलीले पन्तको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको बताए ।
पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारत रुपैडिहास्थित प्रहरीले जनाएको छ । बिहार हुँदै रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Published : Friday, 2025 May 9, 7:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया