नगरपालिकाका उपप्रमुख समेत रहेका बझाङ एमालेका नेता बोहरा कांग्रेसमा प्रवेश
काठमाडौं । बझाङ एमालेका नेता समेत रहेका बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोहरालाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बाजुराका नेताहरूको उपस्थिति रहेको थियो ।
कांग्रेस बाजुराका सभापति रामसिंह रावल, नेताहरू जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाहसहित प्रवेश कार्यक्रमका सहभागी थिए ।
स्वतन्त्र बनेर एमालेको समर्थनमा उप–प्रमुखमा विजयी भएका बोहराले कांग्रेसकी उपप्रमुखकी उम्मेदवार रीता शाहीलाई हराएर विजयी भएका थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने शर्तसहित बोहराले नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया