माओवादी अध्यक्ष दाहाल र भाजपा नेता कोश्यारीबीच भेट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय जनता पार्टी (भाजपा)का नेता समेत रहेका पूर्वराज्यपाल भगतसिंह कोश्यारीबीच भेट भएको छ ।
बिहीबार ललितपुरको खुमलटारस्थित निवासमा दाहाल र कोश्यारीबीच भेट भएको हो । दाहालकी छोरी गंगा दाहालले भारतीय नेता कोश्यारीले भेट गरेको बताएकी छिन् । भेटमा के विषयमा के कुराकानी भयो केही भनिएको छैन ।
भारत र पाकिस्तानबीच आतंकवादलाई लिएर गोलाबारी भइरहेका बेला भाजपा नेता कोश्यारीले दाहालसँग भेट गरेका छन् ।
Published : Thursday, 2025 May 8, 8:54 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया