मकवानपुर प्रहरीद्वारा झण्डै एक लाख नेपाली नक्कली रकम बरामद
हेटौँडा । नेपाली रुपियाँ ५०० दरको नक्कली नोट १८६ थानसहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
बिहीबार बिहान सवा १ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बर्दिबासबाट हेटौडातर्फ आउदैं गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाईकल चालकलाई पक्राउ गरेको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ घर भई हाल हेटौँडा उपमहानगरपालिका वडा नं. ०८ बस्ने वर्ष ४२ को रामकृष्ण अधिकारीलाई पक्राउ गरेको एसपी खड्काले बताए ।
नेपाली रुपियाँ ५०० दरले नक्कली नोट १८६ थान जम्मा ९३ हजार फेला परेको एसपी खड्काले बताए ।
नक्कली नोट बरामद गरी रामकृष्ण अधिकारीलाई मुद्रा सम्बन्धी कसूर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया