अर्थमन्त्री पौडेलद्वारा माओवादी अध्यक्ष दाहालसँग भेट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् ।
मंगलबार बिहान ललितपुरको खुमलटारस्थित निवासमा पुगेर अर्थमन्त्री पौडेलले दाहालसँग भेट गरेका हुन् । दाहाल र पौडेलबीच सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ ।
सरकारको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममाथि सोमबारदेखि संसदमा छलफलमा छ । सरकारले बजेट ल्याउने तयारी भएको छ ।
संसदको बैठकमा प्रमुख प्रतिपक्ष माओवादीले आफूलाई आक्रामक रुपमा प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री पौडेलले माओवादीको साथ र समर्थन खोज्न अध्यक्ष दाहालसँग भेट गरेका छन् ।
यसअघि, अर्थमन्त्री पौडेलले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमा पुगेर भेट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया