नेपालले एक चीन नीति लिएको छ, भूमि प्रयोग गर्न दिँदैनौँ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न नदिइने बताएका छन् ।
सोमबार काठमाडौंमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा देउवाले एक चीन नीति नेपालले लिएको बताए । उनले चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने बताए ।
सभापति देउवाले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको बताए ।
उनले पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको बताए ।
सभापति देउवाले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा चीनले सहयोग गर्दै आएको बताए ।
सभापति देउवाले नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाइँमा पुराउने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया