प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ओली र देउवाबीच भेटवार्ता भएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
बैठकपछि गृहमन्त्री लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई शीर्ष नेताबीच छलफल भएको बताए । लेखकले दुई नेताबीचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको बताए ।
गृहमन्त्री लेखकले भने, ‘यो कमन र राष्ट्रिय एजेन्डा हो भिक्टिमले उठाएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र उनीहरूलाई कसरी समेट्ने भन्नेमा कुराकानी केन्द्रित भयो ।’
भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू बेकार रहेकोमा पनि ओली र देउवा एकमत देखिएका छन् । नीति कार्यक्रम, बजेट पारित गर्ने, शिक्षा विधेयकसहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबिच कुराकानी भएको बताइएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । त्यसका लागि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरेको छैन ।
भेटमा गृहमन्त्री लेखक, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी रहेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया