तुलसीपुरमा शिक्षकलाई खँडा प्रहार गर्ने विद्यार्थीलाई पक्राउ
काठमाडौं । दाङमा धारिलो हतियार खुँडा प्रहार गरेको अभियोगमा प्रहरीले सुरेश सुनारलाई पक्राउ गरेको छ ।
वैशाख १९ गते अन्दाजी १०ः३० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हिमाल बोर्डिङ स्कुल नजिकै रजौरा बस्ने हिमाल एकेडेमी तुलसीपुरका शिक्षक वर्ष ३७ का विशेष श्रेष्ठलाई खुँडा प्रहार भएको थियो ।
रक्षाचौर बस्ने वर्ष २२ का हिमाल बोर्डिङ स्कुलमा कक्षा १२ अध्ययनरत विद्यार्थी सुरेश सुनारले एक्कासि बाँया कुम र दुबै हातको पाखुरामा धारिलो हतियार खुँडा प्रहार गरी घाइते बनाएका थिए ।
खुँडा प्रहारको खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिई गई घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको थियो ।
फरार सुरेश सुनारलाई खोजतलास गर्ने क्रममा वैशाख २० गते राति पौने ९ बजे तुलसीपुर, हलुवारस्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया