विश्वभरिका पुलिसले खोजी गरेका ‘बागसिं’ काठमाडौंमा पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ बिहीबार पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।
साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले तामाङलाई विमानस्थलबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका तामाङलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएको थियो ।
तामाङविरुद्ध सन् २०२३ अगस्ट २१ मा रेड नोटिस जारी भएको थियो । तामाङलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत गौशालामा पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया