स्वदेशी उत्पादनलाई विशेष स्थान दिएर मजदुरको शिपको कदर गर्नुपर्छ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकमाना सन्देश दिएका छन् ।
बिहीबार अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा शुभकामना दिएका हुन् ।
उनले भने, ‘सम्पूर्ण श्रमिक, मजदुर साथीहरूमा शुभकामना छ । श्रमिकहरूको पेशागत हक, हित र सम्मानको प्रतीकको रुपमा स्थापित यो दिवसले सम्पूर्ण मजदुरहरूको भावनालाई एकताको सुत्रमा बाँधेको छ ।’
अध्यक्ष गुरुङले राष्ट्रको विकासमा मजदुरहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले स्वदेशी उत्पादनलाई विशेष स्थान दिएर मजदुरहरूको शिपको योगदानलाई कदर गर्नुपर्ने बताएका छन् ।
गुरुङले श्रमिक मजदुरहरूको उचित मागको सम्बोधन गर्न सरकारले विशेष ध्यान दिनुपर्ने पनि बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया