युवती मन पराउने यी हाइप्रोफाइल व्यक्तिको हत्यामा को संलग्न ?
ललितपुर । ललितपुरको धोबीघाटका व्यवसायी दीवाकर चन्दको हत्या भएको नौँ वर्ष पूरा भइसकेको छ । चन्दका हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
०६६ साल असोज १७ गते व्यवसायी चन्दको शव हत्या गरिएको अवस्थामा भेटिएको थियो । चन्दको घाँटी थिचेर हत्या भएको पोस्टमार्टम रिपोर्ट आएको थियो ।
घटनाको अनुसन्धान अपराध शाखादेखि सिआइबीसम्मले गरेका छन् । तर, घटनाको ९ वर्ष पूरा भइसक्दा पनि अहिलेसम्म चन्दको हत्या रहस्यमै छ ।
चन्द धनाढ्य थिए । हत्याको केही दिनअघि मात्र करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेका थिए । छाउनी क्षेत्रमा घर भए पनि डेरामा बस्ने चन्द प्रायः युवतीहरूलाई डेरामा लैजान्थे ।
घटनाको पाँच दिनअघि १२ असोजमा पनि मोनिका र सरिता नामका दुई युवतीलाई लगेका थिए । पुल्चोकस्थित एक दोहोरी रेस्टुरेन्टमा मदिरा पिएर आफूहरू चन्दको डेरामा गएको अनुसन्धानमा युवतीहरूले बताएका छन् ।
उनीहरूलाई पटक–पटक बोलाएर सोधपुछ गरे पनि अनुसन्धान निष्कर्षमा पुग्न सकेन । चन्दको हत्या प्रकरणको फाइलमा धुलो लागेर बसेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत