अधिवेशनको जिम्मेवारी पूरा गर्ने सुनसरी तरुण दल पहिलो बन्यो
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई बधाई तथा शुभकामना दिएका छन् ।
मंगलबार पत्र लेखेर अध्यक्ष गुरुङले सुनसरी तरुण दलका अध्यक्ष सिजन गुरुङलाई जिल्लाका १२४ वडा र १२ पालिकाहरूको अधिवेशन सम्पन्न गरेको भन्दै बधाई र शुभकामना दिएका हुन् । नेपाल तरुण दल सुनसरी सबै वडा र पालिकाहरूको अधिवेशन तोकिएको समयमा सम्पन्न गरी जिल्ला अधिवेशनको तयारीमा रहेको पहिलो जिल्ला बन्न पुगेको छ । केन्द्रबाट भएको निर्देशन र परिपत्रलाई सुनसरी तरुण दलले कार्यान्वयन गरेको छ ।
वडा र पालिका अधिवेशन सम्पन्न गरी जिल्ला अधिवेशनको तयारीमा जुटेको भन्दै अध्यक्ष गुरुङले जिल्ला अध्यक्ष सिजन गुरुङ र जिल्ला कार्यसमितिलाई धन्यवाद दिएका छन् ।
तरुण दलको धरान उप–महानगरपालिकाको अध्यक्षमा रामकुमार तामाङ, इटहरी उप–महानगरपालिकाको अध्यक्षमा अनिश सुवेदी, इनरुवा नगरपालिकाको अध्यक्षमा अरुण के.सी., दुहवी नगरपालिकाको अध्यक्षमा मोहम्मद नसरुदिन चयन भएका छन् ।
बराहक्षेत्र नगरपालिकाको अध्यक्षमा मणिराज राई, रामधुनी नगरपालिकाको अध्यक्षमा जितेन्द्रबहादुर विष्ट, देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा मुकेश यादव, भोक्राह गाउँपालिकाको अध्यक्षमा आरिफ अन्सारी, गढी गाउँपालिकाको अध्यक्षमा शिवशंकर यादव, कोशी गाउँपालिकाको अध्यक्षमा सञ्जय यादव, हरिनगारा गाउँपालिकाको अध्यक्षमा नरुद्धिन अन्सारी र बर्जु गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र चौधरी चयन भएको तरुण दल केन्द्रीय कार्यालयले जनाएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया