सरकारद्वारा ६ जना एआईजीहरू नियुक्त, विभागहरूमा पदस्थापना
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका ६ जनाको नियुक्ति तथा पदस्थापना भएको छ ।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जारी गरेको सूचनाअनुसार एआईजी चन्द्रकुवेर खापुङलाई केन्द्रीय अनुसन्धान व्यूरो, लाजिम्पाट (सीआईबी)मा पदस्थापना गरिएको छ ।
एआईजी लालमणि आचार्यलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल र कृष्णहरि शर्मा पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग नक्सालमा पदस्थापना गरिएको छ ।
एआईजी दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा पदस्थापना भएको छ । एआईजी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल र एआईजी मनोजकुमार के.सी.लाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालमा पदस्थापना गरिएको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया