कार्यसम्पादनमा उत्कृष्ट भएपछि कोहलपुरका डीएसपी भण्डारीलाई नगदसहित पुरस्कृत
मसुरिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङले प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगदसहित पुरस्कृत गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआईजी दानबहादुर कार्कीले डीएसपी भण्डारीको कार्यसम्पादनको मूल्यांकन गर्दै नगदसहित पुरस्कृत गर्ने निर्णय गरेका हुन् । डीएसपी भण्डारीलाई नगद १२०० रुपियाँले पुरस्कृत गरिएको छ ।
‘इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको कार्यालय प्रमुखको रुपमा खटिई जिल्लामा उत्कृष्ट तवले प्रहरी व्यवस्थापन तथा प्रहरी परिचालन गरि इलाकामा हुने विभिन्न किसिमका घटनाहरू न्यूनीकरण गरि उत्कृष्ट तवरले कार्य सम्पादन गर्दै विभिन्न जघन्य अपराधको अनुसन्धानमा निरन्तर प्रयासरत रही संलग्न अभियुक्तहरूको पहिचान, पक्राउ रअनुसन्धान गरी कानूनी कारबाही गराउन महत्वपूर्ण एवम अहम् भूमिका निर्वाह गरेको’ भनेर डीएसपी भण्डारीलाई नगदसहित पुरस्कृत गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया