डीआईजी कार्कीद्वारा धुलोमा खटिएर सवारी आवागमन सुचारु गराउने प्रहरीलाई नगदसहित पुरस्कृत
मसुरिया । लुम्बिनी प्रदेश प्रहरीले प्रहरी जवान प्रकाश नेपालीलाई नगदसहित सम्मान गरेको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका डीआईजी दानबहादुर कार्कीले प्रहरी जवान नेपालीलाई नगद ७ सय रुपियाँसहित पुरस्कृत गरेका हुन् । बुटवल–नारायणगढ सडकखण्डमा सवारी आवागमन सहज बनाउन खटिएका प्रहरी जवान (ट्राफिक) नेपालीलाई कार्यसम्पादनको मूल्यांकन गर्दै पुरस्कृत गरिएको सूचनामा उल्लेख छ ।
नेपाली जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीमा सवारी दुर्घटना सम्बन्धमा सवारी दुर्घटना न्यूनीकरण तथा खटाइएको ड्युटी उत्कष्ट तवरले कार्य सम्पादन गर्दै आएको भन्दै डीआईजी कार्कीले नगदसहित पुरस्कृत गरेका छन् ।
प्रहरी जवान नेपालीलाई नगदसहित पुरस्कृत गरिएको निर्णय प्रहरीको अभिलेखमा जनाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया