१४ महिनापछि प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली
काठमाडौं । कांग्रेस–एमाले गठबन्धनको सरकारविरुद्ध चौतर्फी हमला भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् ।
शुक्रबार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।
उनले भने, ‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध निरन्तर हमला बोल्दै आएका छन् । उनले सरकार ढल्ने र कांग्रेससँग मिलेर सरकार बनाउने दाबी गर्दै आएका छन् ।
उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिएका छन् । सरकार ढल्ने भन्नेबारेका हल्लाहरूको देउवाले खण्डन गरेका छन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया