हेटौँडामा ठूलो परिमाणमा लागुऔषधसहित दुई व्यक्ति पक्राउ
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा लागुऔषधसहित मानिसहरू पक्राउ गरेको छ ।
बिहीबार हेडौँडास्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोल बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको बताए ।
हेटौँडा उप–महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोइन्टमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा करिब ४ लाख रुपियाँ बराबरको लागुऔषध ट्रामाडोल बरामद भएको एसपी खड्काले बताए ।
बाराको सिम्ररौनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी र चालक बारा पचरौता नगरपालिका वडा– ७ बेनौली बस्ने २५ वर्षीय तिर्थलाल पासवान र सह–चालक सोही ठाउँका २३ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको खड्काले बताए ।
गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाई छिपाई राखी ल्याएको अवस्थामा लागुऔषध फेला परेको एसपी खड्काले बताएका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया