मकवानपुर प्रहरीद्वारा तस्करी हुन लागेको गाई र गोरु नियन्त्रण
हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तस्करी गरेर लैजान लागेको १५ वटा गाई र गोरु नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान वडा प्रहरी कार्यालय, सानोपोखरा, हेटौँडाबाट खटिएको प्रहरी टोलीले ट्रकमा लोड गरिएको गाई र गोरुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ फरेष्टि क्याम्पस अगाडि पूर्वपश्चिम सडकखण्डमा हेटौँडा बजारबाट बीरगञ्जतर्फ जादै गरेको बा.प्र.०३–००१ख १२२० नम्बरको ट्रकमा गाई र गोरु नियन्त्रणमा लिइएको थियो ।
ट्रकका चालक सवारीसाधन छोडी भागेका छन् । ट्रकलाई चेकजाँच गर्दा गाडीभित्र भेट्नरीको कागजातहरू भेटिएको छैन । ट्रकमा ८ वटा गाई र ७ वटा गोरु ढुवानी गरेको फेला परेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया