संविधानले पूर्वराजालाई पनि अधिकार दिएको छ, चुनाव लड्ने, प्रधानमन्त्री बन्ने : सभापति बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले वर्तमान संविधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि स्थान दिएको भन्दै चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।
काठमाडौंमा नेपाली कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सभापति बानियाँले गणतन्त्रले पूर्वराजालाई नेपाली नागरिक सरह अधिकार दिएको बताए । उनले चुनाव लडेर मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने अधिकार सबै नागरिकलाई समानरुपमा दिएको बताए ।
उनले भने, ‘धेरैले गणतन्त्रका विरुद्ध अफबाह फैलाएका छन् । राजाप्रति हामी धेरै कुरा नगरौँ । पूर्वराजालाई पनि यो व्यवस्थामा स्पेश छ ।’
‘आएर जनताको बीचमा चुनाव लडेर प्रधानमन्त्री भए हुन्छ । जनताको सेवा गरे हुन्छ । केही सीमित मान्छेलाई बोकेर राजाको भूत चढेर केही हुनेवाला छैन’, सभापति बानियाँले भने ।
उनले भने, ‘०८२ साल यो सरकारले संविधान संशोधनको कुरा र आउने बजेटले नेपाली जनतालाई भरोसा जगाउने कुरा तर्फ उन्मुख होस् । संविधान केका लागि संशोधन गर्ने ? किन संशोधन गर्ने संविधानमा अहिले भएको निरासा राजनीतिक अस्थिरता हो ।’
‘अस्थिरताको मूल जड के हो ? निर्वाचन प्रणाली हो या शासकीय स्वरुप हो । या निर्वाचन प्रणाली र शासकीय स्वरुपभित्र संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी व्यवस्था नै हो की ? यो संघीय व्यवस्था राम्रो होइन की, योभन्दा राम्रो व्यवस्था के थियो र के हुन सक्छ’, उनले भने ।
‘अबको बहस र छलफल संविधानसँग जोडिएको अहिले हाम्रो सभापतिले भन्नुभयो नेपालको संविधान परिवर्तन गर्दैगर्दा संघीय समावेशी व्यवस्थामा प्रवेश गराउँदै गर्दा राजालाई दरबारमा गएर अब तपाई नागरिक बन्नुस्’, उनले भने ।
‘तपाईलाई स–सम्मान नागरिकको सम्मानसहितको सुरक्षा व्यवस्था मिलाउँछौँ । तपाईलाई निर्मल निवास उपयुक्त छ या नागर्जुन जान उपयुक्त छ’, उनले भने ।
‘आन्तरिक अवस्थालाई हेरेर उपयुक्त ठाउँ राज्यले व्यवस्था मिलाउँछ भनेर भन्ने हिम्मत र साहस बोकेको व्यक्तित्व हामीसँग हुनुहुन्छ’, सभापति बानियाँले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया