युएनस्केपको कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा बैंकक जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा थाइल्याण्डको बैंकक जाने कार्यक्रम रहेको छ ।

आइतबार परराष्ट्रमन्त्री डा.राणा थाइल्याण्डतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ । डा.राणा २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१औँ सत्रमा सहभागी हुने कार्यक्रम छ ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले परराष्ट्रमन्त्री डा.राणाले आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ ।

आयोगको ८१औँ सत्रलाई परराष्ट्रमन्त्री डा.राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । बैठकको विषयवस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ ।

परराष्ट्रमन्त्री डा.राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । परराष्ट्रमन्त्री डा.राणा अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Saturday, 2025 April 19, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया