तीनकुने हिंसाका मतियार सिलवाल पनि पक्राउ
काठमाडौं । प्रहरीले चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा सहभागी भएका एकजनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोषकुमार सिलवाललाई पक्राउ गरेको प्रवक्ता सुधीरराज शाहीले बताए ।
सिलवाललाई प्रहरीले शुक्रबार राति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको छ । सिलवाललाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
चैत १५ गते आयोजना गरेको हिंसात्मक प्रदर्शनका क्रममा २ जना मारिएका छन् । करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी भएको छ ।
हिंसात्मक प्रदर्शनको नाइके विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिनअघि प्रहरीले पक्राउ गरिसकेको छ । हिंसात्मक घटना लगत्तै फरार रहेका प्रसाईं भारतमा लुकेर बसेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया