डा.राणाद्वारा तातोपानी स्नान भवनको उद्घाटन, कांग्रेसका कार्यकर्ताद्वारा स्वागत (तस्बिर)
तातोपानी । परराष्ट्रमन्त्री डा.आरजु राणाले तातोपानी स्नान गृह भवनको उद्घाटन गरेका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. २ मा डा.राणाले तातोपानी स्नान गृह भवनको उद्घाटन गरेकी हुन् । भवन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
भोटेकोशी गाउँपालिकाद्वारा नवनिर्मित पवित्र धार्मिक धरोहर तातोपानी धाराको स्नान गृहभवन निर्माण गरिएको छ । सो स्थानमा थोरै रकम तिरेर कोठाभित्र स्नान गर्ने व्यवस्था रहेको छ । नेपाल–चीन सिमाना नजिकै रहेको कोदारी नाकासँग जोडिएको तातोपानीको धार्मिक महत्व छ ।
उद्घाटनका क्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, वडा नं. २ का वडाध्यक्ष कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
परराष्ट्रमन्त्री डा.राणालाई फुटबल मैदानदेखि तातोपानी स्नान गृहसम्म नेपाली कांग्रेसका नेता कार्यकर्ताले बाजागाजा, गाडी, मोटरसाइकलबाट लावालस्करसहित लगेका थिए ।










बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया