राजाको शासनमा भएको दमनको कुरा युवा पुस्तालाई थाहा छैन : परराष्ट्रमन्त्री डा.राणा
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले राजाको शासनलाई अहिलेको युवा पुस्ताले नभोगेका कारण धेरै कुरा थाहा नरहेको बताएकी छिन् ।
सोमबार इलाममा नेपाली कांग्रेस इलामले आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले राजाको शासनका बेला सञ्चारजगतलाई बन्द गरेर नेताहरूलाई थुनामा राखेको कुरा युवा पुस्तालाई थाहा नरहेको बताइन् । उनले संघीयता आएपछि स्थानीय तहले धेरै कामहरू गरेको भन्दै परिवर्तन भइरहेको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘मुलुकमा परिवर्तन आएको छ । स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । युवाहरूले राजा पनि देखेनन् । राजाको शासन पनि देखेनन् । राजाको शासनमा के के न होला भनेर एकथरी लागेका छन् । अर्को थरी राजा आएपछि मन्त्री भइहाल्छु की भनेर लागेका छन् । त्यसको पछि केही युवाहरूपनि लागेका छन् ।’
‘राजाको शासनमा के के भयो भन्ने बिर्सी सकेका छन् । कसरी नेताहरूलाई जेल हाले । नेपालको कम्युनिकेशन काटियो । कसरी के के भयो ? राजाले कति कति पैसा खर्च गरे ?’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
उनले भनिन्, ‘अस्ति त कान्तिपुरले निकाल्यो पनि । यो कुरा पनि हामीले सम्झाइ रहनुपर्ने हुन्छ । लोकतन्त्र भनेको यत्तिकै आएको होइन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया