पालुङटारकी करिना हुन्डीको ९ लाख र ६ लाखको चेकसहित पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ९ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको छ ।
आइतबार काठमाडौंको न्यूरोडबाट गोरखाको पालुङटार नगरपालिका वडा नं. १० बागडाँडा घर भएकी देवकोटालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
हुन्डी कारोबारमा संलग्न रहेकीको आरोप लागेकी देवकोटालाई प्रहरी काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । अदालतले देवकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
देवकोटाको साथबाट प्रहरीले ९ लाख रुपियाा र ६ लाख रुपियाँको चेक पनि बरामद गरेको छ । न्यूरोड क्षेत्रमा हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले देवकोटालाई नगदसहित पक्राउ गरेको थियो ।

Published : Sunday, 2025 April 13, 8:35 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया