युके र क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२९ बस्ने इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका–३० बस्ने मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका २३ वर्षीय ईश्वर पोखरेल रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ मध्ये ख्यामले युके पठाइदिछु भन्दै २ जना पीडितहरूबाट ३६ लाख रूपियाँ र ईश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५१ हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुरको महालक्ष्मी नगरपालिका–८ बाट शनिबार र ईश्वरलाई काठमाडौं महानगरपालिका–१४ बाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउमध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र ईश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया