माओवादीबाट निर्वाचित वडाध्यक्ष भण्डारी गोठमा झुण्डिएको अवस्थामा फेला
ताराखोला । बाग्लुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष ५० वर्षीय कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।
काँक्राखोर बस्ने भण्डारी बुधबार बिहान घर नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ । भण्डारीको शव गोठमा झुन्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले बताए ।
प्रहरी टोलीले मृतक भण्डारीको उद्धार गर्नुको साथै थप अनुसन्धान सुरु गरेको छ । भण्डारीको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिनेछ ।
भण्डारी गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
Published : Wednesday, 2025 April 9, 5:27 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया