कांग्रेस नेता खाण निवासमै पुगेर स्व.दीपक बोहराप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद स्व.दीपक बोहराप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

राप्रपाका वरिष्ठ नेता समेत रहेका रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य स्व.दीपक बोहराप्रति पूर्वमन्त्री खाणले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । बुधबार बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा पुगेर खाणले स्व.दीपक बोहराको तस्बिरमा श्रद्धाञ्जलि व्यक्त गरेको कांग्रेसका महासमिति सदस्य विमल ढकालले बताए ।

दीपक बोहराको निधन भएको बुधबार आठ दिन पुगेको छ । खाणले स्व.दीपक बोहराको निवासमा पुगेर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कांग्रेस नेता खाणले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट पनि गरेका छन् । स्व.दीपक बोहराको निवासमा नेता खाणसँगै नेता विमल ढकाल पनि पुगेका थिए ।

Published : Wednesday, 2025 April 9, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया