सरकारद्वारा थापालाई आईजीपीमा नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
आईजीपीमा थापाको कार्यकाल ६ महिनाको हुनेछ । आईजीपी बनेका थापालाई नेपाली कांग्रेसको बलियो साथ र समर्थन रहेको छ ।
थापा ३१औं आईजीपीमा नियुक्त भएका हुन् । नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए । थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आईजीपीको दौडमा थिए ।
नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भदौ १८ सम्म करिब ६ महिना मात्र रहनेछ । थापा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा गिरी र तामाङभन्दा अगाडि थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया