कलंकीमा धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको छ ।
काठमाडौंको कलङ्कीस्थित सीता पेट्रोल पम्प अगाडि विवाद हुँदा फागुन २९ गते सुशील तामाङले मोरङ घर भएका ३० वर्षीय सुवास राईलाई खुकुरी प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका सुवास राई कालीमाटीमा बस्दै आएका छन् । घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील बोहराले बताएका छन् ।
आरोपी सुशील तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
Published : Friday, 2025 March 14, 10:12 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया