परिवर्तनको रक्षा गर्न होली पर्वले शक्ति प्रदान गर्नेछ : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले फागु पूर्णिामा अर्थात् होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
बिहीबार अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गरेर भने, ‘रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होलीका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदीवहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उनले भने, ‘विभिन्न रंगहरूले रंगिएर, रमाएर आजको दिन पहाडमा र भोलि तराईमा मनाइने यो चाड निकै महत्वपूर्ण छ ।’
‘होली पर्वको अवसरमा सवै नेपालीलाई पारस्परिक भावनाको साथ एकताको यात्रामा हिड्ने प्रेरणा मिलोस भन्ने शुभकामना दिन चाहन्छु’, उनले भनेका छन् ।
‘सम्पूर्ण नेपालीको अथक प्रयासले ल्याएको परिवर्तनको रक्षा गर्नु आजको आवश्यकता हो’, तरुण दलका अध्यक्ष गुरुङ भने ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया