विदेशीको तस्बिर बोक्नेहरू राष्ट्रवादी होइनन्, रविहरू दरबार छिर्छन् : तरुण अध्यक्ष गुरुङ
गैंडाकोट । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कथित विदेशीको तस्बिर बोकेर कार्यक्रम गर्ने कथित राजावादीहरूलाई राष्ट्रवादी मान्न नसकिने बताएका छन् ।
बुधबार नवलपुर जिल्लाको गैंडाकोटमा नेपाल तरुण दल गैंडाकोट नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले विदेशीको तस्बिर बोक्नेहरू राष्ट्रवादी हुन नसक्ने बताए । उनले रास्वपा र रवि लामिछानेहरू अन्ततः राजावादीहरूसँगै बिलयन हुने चेतावनी दिएका छन् ।
उनले भने, ‘रास्वपा र रवि लामिछानेहरू अन्ततः दरबारसंगै मिल्नेछन् । जनतालाई झुक्काउन खोक्रो नारा लगाउनेहरूको तरुणहरुले विरोध गर्नुपर्छ ।’

तरुणहरूको गतिविधिले नै समाजको दृष्टीकोण तय गर्ने बताउँदै अध्यक्ष गुरुङले नेपाली कांग्रेसले ल्याएको उपलव्धिहरूको गाउँगाउँमा पु¥याउन तरुणहरूको दायित्व र जिम्मेवारी भएको बताए । उनले कांग्रेसको नीति, कार्यक्रम र योजनालाई सम्वाहक बनेर तरुणहरूले संगठन निर्माणको कार्य गर्न निर्देशन दिए ।
अध्यक्ष गुरुङले तरुण दल महाधिवेशन गर्न उन्मुख भइरहेको बताउँदै पूर्णकालीन फारामहरू यथाशीघ्र केन्द्रमा बुझाउन निर्देशन दिए । उनले नव निर्वाचित तरुण दल गैंडाकोट नगर कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

तरुण अध्यक्ष गुरुङले नेपाली कांग्रेसका नेता वीपि कोइरालाका सुपुत्र डा.शशांक कोइरालाको निर्वाचन जिल्लामा उपस्थित भएर कार्यक्रममा सहभागी हुन पाउँदा आफूलाई गर्व महसुस भएको बताएका छन् ।
कार्यक्रम नेपाल तरुण दल गैंडाकोट नगर समितिका अध्यक्ष रोशन सापकोटा, नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ का सभापति एवं उद्योग वाणिज्य महासंघ गण्डकीका प्रदेश अध्यक्ष अमृत भट्टचन, नेपाली कांग्रेसका महासमिति सदस्य गोकुल सापकोटा, गैडाकोट कांग्रेसका नगर सचिव अमृत श्रेष्ठ, नेपाल तरुण दल नवलपुरका जिल्ला अध्यक्ष मीन घलेको उपस्थिति रहेको थियो ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरे, आर.सी. भट्टराई, जगदीश खाण, गोविन्द क्षेत्री, मोतीराम चालिसे, राजु पौडेलको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमा नेपाल तरुण दल गैडाकोट नगर कार्यसमिति बिस्तार गरिएको छ । नगर कार्यसमितिमा मनोनीत हुने पदाधिकारीलाई तरुण अध्यक्ष गुरुङ बधाइ तथा शुभकामना दिएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया