न्यूयोर्कमा जीपीके फाउन्डेशन अमेरिकाको वार्षिकोत्सवकाे विशेष कार्यक्रम

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन (जीपीके फाउन्डेशन) अमेरिकाको स्थापनाको पाँचौं वार्षिकोत्सव न्यूयोर्कको क्विन्सस्थित एल्हमस्ट हस्पिटलको अडिटोरियम हलमा सम्पन्न भएको छ ।

न्यूयोर्क राज्यस्थित क्विन्स् काउन्टीकी डिस्ट्रिक्ट एटोर्नी न्यायधीश मेलिन्दा काजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । न्यूयोर्क राज्यका एसेम्ब्लीमेन स्टेभेन रागा विशेष अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

न्यायधीश मेलिन्दाले समाजमा उत्कृष्ट योगदानकर्ता सातजना नारीहरूलाई सम्मानपत्र प्रदान गरेकी छिन् । उनले फाउन्डेशनको सामाजिक कामहरूको उच्च प्रशंसा गरेकी छिन् ।

संयुक्त राष्ट्रसंघका विशिष्ट प्रतिनिधि लगायत अमेरिकास्थित विभिन्न १५ राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । नेपालका विभिन्न सामाजिक एवं साँस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न महानुभावहरूलाई विशेष सम्मान एवं पुरस्कृत समेत गरिएको छ ।

कार्यक्रमको संचालन फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका थिए । युवा नेतृ सोनिया तामाङले कार्यक्रम सञ्चालनका लागि सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष घिमिरेले प्रसादी फाउण्डेशनकी अध्यक्ष जेनी प्रासादको उच्च प्रशंसा गरेका छन् । फाउन्डेशनको टीम लगायत विशेष योगदान पु¥याउने सिन्धु अमेरिका वेलफेयर सोसाइटीका अध्यक्ष पासाङ नोर्वु शेर्पा र उनको स्वयंसेवी टीमलाई सम्मानित पनि गरिएको छ । सिन्धु अमेरिका वेलफेयर सोसाइटीका अध्यक्ष शेर्पाले जीपीके फाउण्डेशनसंगको सहकार्यमा हातेमालो गर्न पाउँदा खुसी लागेको बताए । मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमित साहले पनि आफ्नो मन्तव्य राखेका छन् ।

संयुक्त राष्ट्रसंघ धार्मिक एवं आध्यात्मिक संघका महासचिव एवं फाउण्डेशनका सल्लाहकार दिलीप थांकापन, एनआरएन न्यूयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापा, महिला नेतृ शारदा क्षेत्री, नेपाली अभियान्ता एवं मानवाधिकारवादी नेतृद्वय विमला भण्डारी र डा.मीना कर्णले अन्तर्राष्ट्रिय महिला दिवसको विषयमा धारणा राखेका थिए ।

कार्यक्रम उपाध्यक्ष सुवर्ण लामा, कोषाध्यक्ष रेखा श्रेष्ठ, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सूर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, हीरा तामाङ, फुडोमा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खानाको प्रायोजन एवं व्यवस्थापन टेष्ट अफ नेपालका प्रोपाईटर एवं फाउन्डेशनकी कोषाध्यक्ष रेखा श्रेष्ठले गरेकी थिइन् । सह–प्रायोजन स्थानीय नेपाली मम हाउस् रेष्टुरेन्टका प्रोप्राईटर हरि मगर एवं बंगाली रेस्टुरेन्ट मेहमानवेले गरेका थिए ।

Published : Monday, 2025 March 10, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया