रामपुरका विद्यार्थीलाई साइबर अपराध, बाल विवाह, लागुऔषध नियन्त्रणबारे शिक्षा
रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले कक्षा ९ र १२ का विद्यार्थीलाई प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘साइबर अपराध, बाल विवाह, लागुऔषध’ सम्बन्धि सचेतना गराएको छ ।
सोमबार रामपुर नगरपालिका वडा नं. ५ स्थित रामपुर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका कक्षा ९ र १२ का छात्र, छात्रालाई इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले साइबर अपराध, बाल विवाह, लागुऔषधका विषयमा जानकारी गराएका हुन् । उनले विद्यार्थीका जिज्ञासाको जवाफ पनि दिएका छन् ।
प्रहरीले समाजमा अपराध कम गाउनका लागि सचेतना फैलाउने अभियानअनुसार विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा विद्यालयका करीव १०० विद्यार्थीको उपस्थिति रहेको थियो ।
Published : Monday, 2025 March 10, 8:02 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया