पूर्वराजा, राजसंस्थाबारे बोल्न जरुरी छैन, यो हाउगुजी फर्किने कुनै सम्भावना छैन : सभापति खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेताहरूको अभिव्यक्तिका कारण संविधानले नचिनेको राजसंस्था र पूर्वराजाका बारेमा हाउगुजी भएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै खतिवडाले पूर्वराजा र संविधानले नचिनेको संस्थाका बारेमा राजनीतिक पार्टीका नेताहरूले बोलिरहन आवश्यक नरहेको बताए । पूर्वराजालाई हाउगुजीको संज्ञा दिँदै सभापति खतिवडाले हाउगुजी फर्किने सम्भावना नरहेको बताएका छन् ।
‘हाम्रै कारणले पूर्वराजालाई हाउगुजी देख्न थालेका छौँ’, खतिवडाले भने, ‘अहिलेको अवस्थामा हाउगुजी फर्किने कुनै सम्भावना देखिदैन ।’
सभापति खतिवडाले भने, ‘राजनीतिक पार्टीका नेताहरूले संविधानबाट बाहिर राखेको र संविधानले नचिनेको राजसंस्थाको बारेमा धेरै कुरा बाहिर गरिरहनुपर्ने जरुरी म देख्दैन । हाम्रा अभिव्यक्तिले पूर्वराजा सक्रिय हुने जस्तो, हाम्रा अभिव्यक्तिका कारणले मान्छेहरू बिच्किने कार्य गर्नु हुँदैन ।’
‘पूर्वराजाका बारेमा हामीले, पार्टीका नेताहरूले बोल्नु हुँदैन । बोल्ने आवश्यक्ता पनि देखिदैन’, खतिवडाले भने, ‘संविधानले नचिनेको, संविधानले उल्लेख नगरेको, संविधानलाई खारेज गर्ने काममा नलाग्न अनुरोध गर्दछु ।’
उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रता सबैको हुन्छ । अभिव्यक्ति दिएको भरमा कसैलाई रोक्नु हुँदैन । गैरराजनीति र गैरसंवैधानिक अभिव्यक्तिको बारेमा हाम्रो आपत्ति हुन्छ ।’
‘संविधानभित्र रहेर जसले जे पनि गर्न पाउँछ । संविधानको मूल मर्मअनुसार काम गर्ने गरौं’, खतिवडाले भने, ‘बेतुकमा पूर्वराजाका बारेमा सबै नेताले अभिव्यक्ति दिइरहनु पर्ने जरुरी अहिले मैले देखेको छैन ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र मेडिकल व्यवसयी दुर्गा प्रसाईंले पूर्वराजाको समर्थनमा केही दिनदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने भनेर गतिविधि भइरहेका बेला राजनीतिक दलका नेताहरूले पनि जथाभावी टिकाटिप्पणी गरेका छन् । ती टिप्पणीहरू गर्न आवश्यक नरहेको सभापति खतिवडाले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया