सभापति देउवालाई मन्त्री महर्जनद्वारा खेलकुद गतिविधिबारे बिफ्रिङ, दिए धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो मन्त्रालयको गतिविधिका विषयमा जानकारी गराएका छन् ।
शनिबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँगको भेटमा मन्त्री महर्जनले युवा तथा खेलकुद मन्त्रालयको गतिविधि, बजेट लगायतका विषयमा बिफ्रिङ गरेका हुन् ।
मन्त्री महर्जनले फास्ट ट्रयाकबाट खेलकुद विकास ऐन ल्याएको पनि जानकारी गराएका छन् । महर्जनले कृष्णप्रसाद भट्टराईको स्मृतिमा खेलकुद प्रतियोगिता गराएको देखि बागमती प्रदेशका जिल्लाहरूमा भइरहेको खेलकुद प्रतियोगिताहरूका बारेमा पनि सभापति देउवालाई जानकारी गराएको निजी सचिवालयले जनाएको छ ।
सभापति देउवाले मन्त्री महर्जनलाई धन्यवाद दिँदै खेलकुद र खेलाडीहरूको विषयमा अझै कार्यहरू गर्न निर्देशन दिएका छन् । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट भइरहेको गतिविधिका बारेमा आफू जानकार रहेको सभापति देउवाले बताएका छन् ।
मन्त्री महर्जनले सभापति देउवासँग आर्थिक वर्ष २०८१/८२ को बजेट आउने क्रममा रहेको भन्दै खेलकुदका लागि विशेष बजेटको व्यवस्थाका लागि बागमती प्रदेश सरकारसँग समन्वय गरिदिन आग्रह गरेका छन् । सभापति देउवाले सो विषयमा आफूले पहल गर्ने आश्वासन दिएको मन्त्री महर्जनले बताए ।
सभापति देउवालाई मन्त्री महर्जनले ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको ऐन’ बागमती प्रदेश सभाबाट सर्वसम्मत पारित भएको पनि जानकारी गराएका छन् । बागमती प्रदेश सभा बैठकले युवा तथा खेलकुदमन्त्री महर्जनद्वारा सदनमा पेश गरिएको विधेयकलाई फास्ट्रयाकबाट एक दिनमै पारित गरिदिएको थियो ।
खेलुकद विकास ऐन नहुँदा सामाजिक विकासमन्त्रीले प्रदेश खेलकुद विकास समितिको बैठकको अध्यक्षता गर्दै आएका थिए । विधेयक आउनुभन्दा पहिला खेलकुदमन्त्री आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी हुने गरेका थिए ।
संघीयता लागू भएको सात वर्षसम्म पनि प्रदेश खेलुकद विकास ऐन बन्न सकेको थिएन । आधा दर्जन खेलकुदमन्त्री बनेका थिए । उनीहरूले प्रदेश खेलकुद विकास ऐन बनाउन सकेका थिएनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया