राज्यको हरेक निकायमा अधिकार दिइयाे भने महिलाले पनि राष्ट्र हाक्न सक्छन् : तरुण अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शनिबार अध्यक्ष गुरुङले शुभकामना सन्देश दिँदै भने, ‘११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
संयुक्त राष्ट्रसंघको ‘सबै महिला र युवतिको लागि समानता सशक्तीकरण’ भन्ने नारासहित यो वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाइन लागेको भन्दै गुरुङले खुसी व्यक्त गरेका छन् ।
‘परिवर्तनको संवाहक महिलाहरूको सहभागागितालाई हरेक क्षेत्रमा महत्वपूर्णको साथ राखिनुपर्छ’, अध्यक्ष गुरुङले भने, ‘राज्यको हरेक निकायमा महिलाहरूको हक र अधिकार स्पष्ट रुपमा सुनिश्चितता गरियो भने महिलाहरूले पनि राष्ट्र हाक्न सक्छन भन्ने आधार तय गर्दछ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया